ADS SPACE

ADS        SPACE

ADS SPACE

ADS SPACE

कविता :ओ क्रान्तिकारी

 



ओ क्रान्तिकारी ।

तिम्रो क्रान्तिको खबर सुनेपछि मूर्च्छामा बाँचिरहेको देश तिम्रा सपनाको सिरानी हालेर अलिअलि तङ्ग्रिन थालेको छ

। ओ क्रान्तिकारी !

अन्तिम जीत नभएसम्म नफर्किनु तिमी क्रान्तिदेखि सर्वहाराको ओठमा मुस्कान खेल्न नपाएसम्म सीमान्तहरूले नजितेसम्म अनि नाङ्गो वादशाहलाई इतिहासको रछ्यानमा नफ्याँकेसम्म तिमीले,

देशका गीतहरू गाइरहनु चर्काइरहनु इन्क्लाबका नाराहरू ।

तिमी हिँडेको बाटोभरि सुनाखरी र सुनगाभाका कोपिलाहरू फुल्न लागिरहेछन् निकट भविष्यमा छिट्टै लालुपाते विजय निम्त्याइरहेछ पाखाभरि रातै भएर फुलेको लालीगुराँस तिमीलाई स्वागत गरिरहेछ ।

जरूर | तिमी क्रान्तिकारी जितेर आउनुपर्छ।

बरु । कान्तिपथमा मरे पनि तिमी तिम्रो मृत्युको खबर सुनेर देश रुने छैन रुनेछैनन् तिम्रा साथीहरू बिचलित हुने छैनन् तिम्रा मित्रहरू बरु कमरेड ।

रुनेछन् कायरहरू आत्तिनेछन् तानाशाह क्रान्तिको उचाइ देखेर ।

ओ क्रान्तिकारी !

ढल्नु हुँदैन तिम्रो क्रान्तिको झण्डा खस्नु हुँदैन बन्दुकहरू भुइँमा नतर्सनू तिमी बन्दुकका चाङदेखि एकदिन, स्वर्गजस्तै देश भेटाउनु छ स्वाधीनताको बगैँचा फुलाउनु छ त्यो दिन धेरै टाढा छैन बिचलित नहुनू तिमी !

ओ क्रान्तिकारी !

नफर्कनू क्रान्तिको आधा बाटोदेखि यो देशको माटोले यतिबेला विशाल परिवर्तन मागिरहेको छ ठीक यति नै खेर तिमीले विजयको मञ्जिल टेकेर आउनुपर्छ ।

Enter

Bhuban

लेखक भुबन आचार्य 

No comments:


Powered by Blogger.