शुक्रबारसम्मका लागी दिक्तेलका दुई बिद्यालय बन्द




खोटाङ । विद्यार्थीमा आँखा पाक्ने (भाइरल कन्जंक्टिभाइटिस) र विभिन्न भाइरलका विरामीहरुको संख्या बढ्न थालेपछि सदरमुकाम दिक्तेलबजारका दुई माध्यमिक विद्यालय चार दिनका  लागि बन्द भएका छन् ।

विरामीहरुको संख्या बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित सरस्वती नमुना मावि दिक्तेल र पञ्च मावि दिक्तेल  लागि बन्द भएका हुन् । विद्यार्थीहरुमा आँखा पाक्ने, ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने लगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको पञ्च मावि दिक्तेलका प्रधानाध्यपक भवकृष्ण ढकालले जानकारी दिए ।

केही दिन अघिबाट धेरै विद्यार्थीहरु विरामी भएर विद्यालय आउन छाडेको र विद्यालय आइरहेका विद्यार्थीहरुमा पनि समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मी लगेर ३७ जना विद्यार्थीमा चेक गर्दा ३३ जनामाआँखा पाक्ने, ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने लगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको प्रअ ढकालले बताए।

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post