१० जेठ, काठमाडौं। नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसधाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद चौरसियाले लामिछानेको नाम नलिएरै आफूले विदेशी नागरिकता त्यागेको निस्सा नभएको सुनेको बताएका थिए ।
लगत्तै नियमापत्ति गर्दै रास्वपा सभापति लामिछानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा उठाउन नपाइने व्यवस्था रहेको स्मरण गरे । साथै, रास्वपा सभापति लामिछानले प्रश्न गरे, ‘मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ?’ आफूले नागरिकताका सम्बन्धमा आवश्यक सबै कागजात सर्वोच्च अदालतमा उपलब्ध गराइसकेको लामिछानेले बताए ।
अदालतमा रहेको विषयमा बोल्न छाडेर आफ्नो कुरा सदनमा राख्न लामिछानेले चौरसियालाई आगह गरे। उनले भने, ‘अदालतमा विचराधीन रहेको विषय सदनमा उठाउन पाइँदैन। आफ्ना कुरा राख्नुहोला, सुनेका भरमा आरोप लगाउने हो भन संसदको गरिमा कहाँ पुग्ला ? यो संसदीय रेकर्डबाट हटाइयोस्।’
सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै सांसद अजयकुमार चौरसियालाई बोल्न दिए । फेरि पनि सांसद चौरसियाले नागरिकताको विषय उठेकाले यस विषयमा जानकारी राख्न र लिन पाउने सूचनाको हक भएको बताए ।
त्यसपछि फेरि रास्वपाका सांसदहरुले उठेर विरोध गरे। सभामुख घिमिरेले अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने भन्दै अदालतमा विचराधीन विषयमा नबोल्न निर्देश गरे। सभामुखको निर्देशपछि रास्वपाका सांसदहरु बसे र नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्यो।
No comments: