महेश बस्नेतलाई तह लगाउँछु भन्दै हिँडेका दुर्गा प्रसाईँको दुबईमा गरेको कर्तुत बाहिरियो (भिडियाे सहित)






काठमाडौं । एमाले नेता महेश बस्नेतलाई सिद्ध्याउँछु भन्दै लागेका दुर्गा प्रसाईँको असलियत क्रमशः खुल्दै गएको छ ।
दुबईमा अलपत्र परेका नेपालीको शव निजी खर्चमा नेपाल ल्याएको भन्दै आफ्नो प्रचार गर्दै हिँडेका प्रसाईँले हालसम्म सो कामका लागि सापटी लिएको रकम पनि नतिरेको प्रमाण फेला परेको छ । नेपालीको शव ल्याउन स्थानीय व्यवसायीले तिरेको रकम प्रसाईँले हालसम्म भुक्तानी नगरेको पाइएको छ ।
रकम भुक्तानी नगरेपछि ती व्यवसायीले प्रसाईँ दुबई बस्दा महिलाहरूसँग भएको सम्बन्धको भिडियो सार्वजनिक गर्ने चेतावनी दिएपछि प्रसाईँ अतालिनु भएको छ । सो विषयमा ती व्यवसायीसँग भएको फोनको अडियो सनराइज खबरलाई प्राप्त भएको छ ।
पैसाको लागि ती व्यवसायीले गरेको फोनमा लक्ष्मीपूजाको कारण पैसा पठाउन नसकेको प्रसाईँले बताउनुभएको छ । यो हप्ता भित्र चेक उपलब्ध गराइदिने प्रसाईँले फोनमा बताउनुभएको छ ।
आफूले पैसा जिम्मा लगाइसकेको बताउँदै प्रसाईँले तर केटी र नेपालको कुरामा सोच न भन्दै फोन संवादमा भन्नुभएको छ ।
ती व्यवसायीले आफूले दिएको पैसा फिर्ता पाउनु पर्ने बताउनुभएको छ । आफ्नो पैसा त फिर्ता आउँ छ नि भन्दै प्रसाईँलाई ती व्यवसायीले बारम्बार खिरिल्याएका छन् ।
यस अघि ती व्यवसायीको नाममा प्रसाईँले २०७९ साल साल असार २५ गते एक करोड ५० लाख रुपैँयाको चेक काटेको भए पनि सो चेक नसाटिएपछि ती व्यवसायीले प्रसाईँको पोल खाेलिदिने बताएपछि प्रसाईँ अत्तालिएको देखिन्छ ।

अनेक बहानामा पैसा रोकिएको भन्दै दुई व्यवसायीको बिचमा भएको संवाद पनि सार्वजनिक भएको छ ।

                                                        Reporting


 

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post