नेपाली काङ्ग्रेस निर्बाचित क्षेत्र सहसचिव एमालेमा प्रवेश !!





नेपाली काङ्ग्रेसबाट खोटाङ जिल्ला प्रदेश क क्षेत्रका निर्बाचित सहसचिव भुबेन्द्र खनाल आजबाट नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका लोकप्रिय निर्बाचित क्षेत्रीय सहसचिव खनाल बिद्यार्थी कालदेखि नेपाली काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।नेपाली काङ्ग्रेसमा ३४ बर्षलामो राजनीतिक यात्रामा नेपाली काङ्ग्रेसबाट समृद्धि र बिकास संभावना नभएको बुझेर नेपाली काङ्ग्रेस त्याग गरेको बताउनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि ज्युको नेतृत्वमा यही मंसिर १४ गतेबाट बैतडी जिल्ला देखि पाचथर जिल्ला सम्मको पाटी शशक्तिकरण अभियानमा दिक्तेलमा हुने कार्यक्रममा ओलि ज्युको उपस्तिथिमा प्रवेश गर्नेगरी नेपाली काङ्ग्रेसबाट खोटाङ जिल्ला प्रदेश क क्षेत्रका निर्बाचित सहसचिव भुबेन्द्र खनाल आजबाट बिनासर्त नेकपा एमालेमा समाहित हुनुभएको छ !

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post