ADS SPACE

ADS        SPACE

ADS SPACE

ADS SPACE

खोटाङे चेलि प्रवृत्तिको आवाज अब भ्वाइस अफ नेपालको नकआउटमा गुन्जिने

 



नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको  तेश्रो राउण्ड नकआउटका लागि खोटाङे चेलि प्रवृत्ती राई छानिनुभएको छ । दिप्रूङचुइचुम्मा गाउँपालिका वडा नं.४ बतासे निवासी प्रवृति राई पहिलो चरण व्लाइन्ड राउण्ड हुदै शनिवार भएको व्याटल राउण्डबाट पनि प्रतिस्पर्धि मुक्तिनाथ दाहाललाई उछिन्दै नकआउटका लागि छानिनुभएको हो ।

दिक्तेलस्थित साइनो कला केन्द्रमा लामो समयसम्म साँगीतिक अभ्यास गरेर काठमाण्डौँ छिरेपछि थप सांगीतिक यात्रामा अगाढि बढिरहनु भएकी प्रवृत्तिका ‘उहिले म सोच्थे, कान्छा’ जस्ता केही साँगीतिक एलवम समेत वजारमा आइसकेका छन् ।  

भ्वाइस आफ नेपालको व्लाइन्ड राउण्ड पछि प्रवृत्तिको लागि कोच उदय सोताङले आगामी भ्वाइसको साँगीतिक प्रतिस्पर्धाका लागि प्रशिक्षण दिइरहनुभएको छ । प्रवृत्तिको टिमसँगै कोच उदयसँग अन्य सात टोलिले पनि भ्वाइसको आगामी प्रतिस्पर्धाका लागि प्रशिक्षण लिइरहनुभएको छ ।

अत्यन्त लजालु स्वभावकी प्रवत्तिका लागि प्रतिस्पर्धि जोडी मुक्तिनाथसँग प्रशिद्ध गीत ‘इशाराले बोलाउनु पर्दैन’ भन्ने गीत छानिएको थियो । यो गीत प्रशिद्ध फ्ल्मि ‘अन्याय’मा रत्न शमशेर थापा, इश्वर वल्लभ र प्रदिप रिमालले लेख्नुभएको हो । जसलाई रन्जित गजमेरले संगितवद्ध गर्नुभएको थियो भने भुपेन्द्र सिं र दिपा झाले गाउनुभएको थियो ।

कोच राजेश, कोच प्रमोद र कोच मिलन नेवारको समेत समर्थन पाउनुभएकी खोटाङे चेलि प्रवृत्ति राईलाई आफ्नो कोच उदय सोताङले समेत छानेपछि अब आगामी राउण्ड नकआउटका लागि उहाँले कडा रियाज गर्नुपर्नेहुन्छ । 

No comments:


Powered by Blogger.