बिजयखर्क बासिमा खुसियाली !एकै दिन ४ ओटा भबन


दिरुमनपा वडा नं १५ बिजयखर्कमा नगरप्रमुख ज्यु र उपप्रमुख ज्युले संयुक्त रूपमा बृहत समारोह बिच एकै दिन निम्न भबनहरुको समुदघाटन गर्नुभएको छ। कार्यक्रममा वडा अध्यक्ष ज्युहरु,प्रधानाध्यापक ज्युहरु,बि ब्य अध्यक्ष ज्युहरु र अभिभावक ज्युहरु ,लब्ध प्रतिष्ठित ब्यक्तिहरु लगायत सर्बसाधारण ब्यक्तिहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।
१, १५ नं वडा कार्यालय भबनको उदघाटन ।
२, स्वास्थ्य चौकी बिजयखर्क,भबनको उदघाटन।
३, चम्पावती मा बि बिजयखर्क, ४ कोठे भबन सहित बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको उदघाटन।
४,भैरबेश्वर महिला जागरण मञ्च , महिला भबनको उदघाटन।
५, सरस्वती मन्दिरको उदघाटन।
६,चम्पावती मा बि मा दिवा खाजा, स्यानिटरी प्याड र टिफिन क्यारीको बितरण गर्नुभएको छ ।
यसै सन्दर्भमा स्वास्थ्य चौकी र वडा कार्यालय भबन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा दाताहरुलाई सम्मान गरिएको थियोे ।

                                               स्वास्थ्य चौकी भवन



 
                                                  टिफिन क्यारी वितरण
                                                         मन्तबयकै क्रममा प्रमुख दिपनारायण रिजाल
                                                       वडा कार्यालय उदघाट्न

वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

                                    डाक्टर चन्दा पाठकसँग पेसर नाप्दै प्रमुख दिपनारायण रिजाल 
                                  जग्गाघनी चन्द्र कुमारी पोखरेल प्रमुखद्दारा सम्मानित
 स्वास्थ्य चौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।

             वडा कार्यालय भबन हस्तान्तरण गदै ठेकदार लाल बं विश्वकर्मा 

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।
भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवनहरु निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभुति भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

१५ वडा रहेको यो नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ वडामध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेका छन् ।
एउटा वडाका लागि  ७० लाखका दरले बजेट विनियोजन गरिएको एउटै किसिमको सबै वडा कार्यालय भवन यहि चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताए । नगरपालिकामा निर्माणााधीन वडा कार्यालय भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post