२४ गते शुक्रबार पाचँ जनामा एन्टिजेन जाचँ गर्दा थप ४ जनामा कोरोना सक्रमण भएको छ । योसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सक्रमणको जम्मा सड्ख्या १२ जना पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर -१३ नुनथलास्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना पुरुष स्वास्थ्यकर्मी, दिक्तेल हाटडाँडाका एक जना पुरुष, वडा नम्बर -२ सोल्माका एक महिला र नगरपालिकाको सवारी चालक एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
No comments: