फोक्सिनटारको पुल सञ्चालनमा

 




खोटाङको फोक्सिङ्टारमा बनेको पुल पुर्णतः बनिसकेको अवस्था छैन । ढिलासुस्ती हुँदा अरुको थाप्लामा दोष लगाउने गरेका जिल्लाका नेता पुल बनिसकेपछि जस लिनेको होडवाजी छ । उसोत,पछि उद्घाटन गर्नेक्रममा पनि तँछाड मछाड चल्न नसक्ला भन्न सकिन्न । विकासमा स्थानीयवासीको आवश्यकतालाई व्यवस्थापन त भयो,तर,त्यसलाई छिचोल्ने बाटो नबन्दा विकासले नेतालाई गिज्याइरहेको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल सुनकोसी नदि माथी बनाइएको छ । पुल निर्माण भएपछि दुवै जिल्लावासीलाई आवतजावतमा सुविधा भएको आम नागरिकको बुझाइ छ ।

खुसीले फुरुङ्ग भएका नागरिक कोही भिरालो पहाड खोपेर बनेको सडकमा यात्रा गर्दा दङ्ग छ्न त कोहि आजित छ्न । पुल सञ्चालनमा आएपनी पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) अझै निर्माण हुन सकेको छैन । खोटाङमा कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी–व्यवसायी चिन्तित बनेका खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई बताउनुहुन्छ । पुल बनेपनी धुलो र धुवाँ शीत पौठेजोरी खेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुवर्गको भनाइ छ ।
पुल पुर्णतः बनिनसकेको अवस्था छ,यद्यपि निर्माण ब्यवसायी शीत प्रदेश ख का सासद भुपेन्द्र राइले गाडी ओहोरदोहोर गर्न दिने सहमति भएको सुनाउनुहुन्छ ।

वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको थियोे । १० वर्ष पुल बन्न समय लाग्दा मोटरबाटो बन्न कति समय लाग्ला भनेर सर्वसाधारण आस्चर्यमा परेका छ्न ।

‘आर्क’ डिजाइनमा बनेको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो भने उक्त पुल १२० मिटर लम्बाई रहेको छ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माण भएपनी मोटरबाटो बनिनसक्दा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत पर्दै आएको छ।

थप प्रकाशित समाचार

बर्तमान संबिधानका मौलिक हक

विभुतिको नाम मात्र (१ मिनेटमा)




Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post