यात्रुहरुबिच हानाहान

 

 चैत २४ । बुधबार अपरान्ह ४ः३० बजे विराटनगरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजभित्र दुइ यात्रुबीच हानाहान भएको घटना बाहिर आएको छ । बुद्धको जहाज उडिरहेका बेला सँगै बसेका दुई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठबीच झगडा भएको हो ।

उडिरहेको जहाजभित्र हानाहान गर्ने दुबैलाई अहिले महानगरीय प्रहरी वृत्त गौशलाले नियन्त्रणमा लिएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थल कार्यालयले प्रहरीको जिम्मा लगाएको हो ।

जहाज उडिरहेको बेला दुइ यात्रुले एकअर्कालाई भनाभन गरेको र मुक्कासमेत हानाहान गरेको भन्दै पाइलटले नागरिक उड्ययन प्राधिकरणमा समेत जानकारी गराएका थिए । यसपछि ती यात्रुहरुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अनुसार कारबाही अगाडि बढाइएको क्यान स्रोतले जनाएको छ ।

‘एकआपसबीच मनमुटाव भएपछि दुई यात्रुबीच हात हालाहाल भएको रहेछ, उडानकै क्रममा यस्तो घटना हुनु भनेको दुर्घटनाको जोखिम हुनु हो’ क्यान स्रोतले भन्यो, ‘अब प्रहरी अनुसन्धानबाट केही खुल्छ होला ।’

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post