लिभरपुलले लेस्टरलाई हरायो

 

२ जेठ, । प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि कायम राखेको छ ।

लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले दुई गोल गरे । कर्टिस जोन्सले पहिलो होमा ३३औं र ३६औं मिनेटमा गोल गरे ।


अलेक्जान्डर आर्नोल्डले ७१औं मिनेटमा गोल गरेका थिए । तीन गोलका लागि मोहमद सलाहले असिस्ट गरेका थिए ।

जितपछि लिभरपुल ३६ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमै कायम छ । तर लिभरपुलले तेस्रो स्थानको न्युकासल र चौथो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक दुरी एकमा झारेको छ । तर न्युकासल र म्यानचेष्टर युनाइटेडले एक-एक खेल कम खेलेका छन् ।

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post