जेठ २, बहस खबर । आगलागी हुनबाट दिक्तेलबजार जोगाउने तीनजना प्रहरीलाई ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले सम्मान गरेको छ । दिक्तेलबजार भवन लाइन९नापी कार्यालय नजिक०मा किराना पसल गर्दै आएका महेश वजिमयको घरबाहिर भरी राखेको खान पकाउने ग्यास सिलण्डरमाथि राती पुल्ठो बालेर छोडेको अवस्थामा तत्कालै आगोलाई नियन्त्रणमा लिने एक प्रहरी हवल्दार र दुई प्रहरी जवानलाई सोमबार घट्नास्थलमै खादा ओढाई सम्मान पत्रसहित नगद प्रदान गरी सम्मान गरिएको हो ।
प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गा प्रसाद निरौला र लिलाबहादुर थापालाई संघको तर्फबाट सम्मानपत्र, किराना पसल गर्ने वजियमको तर्फबाट जनही चार हजार र कोशी प्रदेश सदस्य पाँचकर्ण राईको तर्फबाट जनही पाँच हजारका दरले सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए ।
सोमबार राती १ः४० बजे अपराधी मानसिक भएका व्यक्तिले भरी राखेको १५ वटा सिलिण्डरमाथि कपडाको पुल्ठो बनाई आगो बालेर छोडेका थिए । आगोले घरमा आंशिक तथा पार्किङमा राखेको २२० सीसी मोटरसाइकलको अधिकांश भाग जलेर क्षति पुगेको छ । सिलिण्डर पड्कनबाट भने जोगिएको थियो ।
सिलिण्डर र मोटरसाकइल जल्दा जल्दै गस्तीमा रहेको प्रहरीले अचानक आगो देखेपछि हो–हल्ला गरी अरबौका धनमाल, मानव र पशुपंक्षी जोगाउन सफल भएकाले उहाँहरुको कामको उच्च प्रशंसा गर्दै सम्मान गरिएको अध्यक्ष घिमिरेले बताए ।
वजिमयको पसल तोडफोड गर्ने उद्देश्यले करीव दुई महिना अघि राती चोरले पसलको ढोका फोड्ने प्रयास गरेको भिडियो सीसी क्यामेराले कैद गरेको थियो । घट्नामा संलग्नको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।
सम्मान कार्यक्रममा ज्येष्ठ नागरिक संघका अध्यक्ष घिमिरे, कोशी प्रदेश सदस्य राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङ, गोरखनाथ गण मुडे व्यारेकका गणपति सुजन गुरुङ, सशस्त्र प्रहरी बल नेपाल नं।७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम लगायतको उपस्थिती थियो ।
No comments: