
१३ जेठ, काठमाडौं । डेढ दशकलामो इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । अर्को साता मलेसियासँग पाँच टी–२० खेलको शृंखला खेल्न लागेको नेपालको लक्ष्य सिधा उपाधिमा हुनेछ ।
सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाल टिम आज शनिबार मलेसिया जाँदै छ । प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । रुविना क्षेत्रीको कप्तानीमा रहने टिममा सबै अनुहार पुरानै छन् ।
नेपालले गत वर्ष एसीसी वुमन्स टी–२० च्याम्पियनसिपपछि ११ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
यसबीचमा घरेलु क्रिकेटमा प्रधानमन्त्री कप र ललितपुर मेयर्स कप गरी दुई प्रतियोगिता आयोजना भएका थिए । मलेसियासँग दुईदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।
No comments: