मतपेटिका शिल नगरेकाे मुचुल्का भेटेपछि बझाङमा केहीबेर रोकियो मतगणना





काठ्माडौं।  मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि बझाङ — १ (१)को मतगणना कार्य केहीबेर प्रभावित भएको छ।तलकोट गाउँपालिकाको— ३ सम्म गणना गरी सक्दा वडा नं ४ को मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि कांग्रेसका एजेन्टहरूले विरोध गर्दा केहीबेर मतगणना कार्य रोकिएको हो।कांग्रेसको गढ मानिएको उक्त ४ वडाको मत मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि कांग्रेसले विरोध जनाउँदा करिब १५ मिनेट मतगणना कार्य रोकिएको स्रोतले जनाएको छ।रोक्किएपछि पुन: सुरु  भइ यतिबेला तलकोट४ को मतगणना भइरहेको छ। त्यसपछि ६ र ७ सातको हुनेछ। अब मतगणना गर्न बाँकी एउटा मात्र पालिका रहेको छ। हालसम्ममा दमनबहादुर भण्डारीले १२३ मतले अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले पछ्याइरहेका छन्।



Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post