रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण


काठमाडौँ । काठमाडौँबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको हो। विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सोमबार बिहान उडेको जहाज हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । हाइड्रोलिकमा समस्या आउँदा जहाज अवतरणमा समस्या हुन्छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post