काठमाडौँ । काठमाडौँबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको हो। विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सोमबार बिहान उडेको जहाज हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । हाइड्रोलिकमा समस्या आउँदा जहाज अवतरणमा समस्या हुन्छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो ।

No comments: