राष्ट्रिय खाद्य बैक लिमिटेडको तेस्रो साधारण सभा पौष २७ मा सभामुख द्वारा भब्य रूपमा सयौं सेयर सदस्य बिचमा समुदघाटन हुने ।।
पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार (पुस २७) हुने भएको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित एल दरबार भेन्युमा एक समारोहबीच साधारण सभा गर्ने खाद्य्य बैंकका अध्यक्ष शंकर नाथ उप्रेतीले जानकारी दिए ।
अध्यक्ष उप्रेतीले सम्पूर्ण सेयर सदस्य, शुभचिन्तक, पत्रकार, समाजसेवी तथा बैंकसँग सम्बन्धित सबैलाई साधारण सभामा उपस्थितिको लागि अनुरोध गरेका छन् ।
२०७७ सालमा स्थापना भएको बैंकले बिहीवार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय संचालन गरेको छ । बैंकका अध्यक्ष उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए ।
उनका अनुसार निजि क्षेत्रबाट खोलिएको २ अर्ब रुपैयाँ लगानीमा बैंक स्थापना गरिएको हो ।
अध्यक्ष उप्रेतीकाअनुसार राष्ट्रिय खाद्य बैंक लिमिटेड, नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई ब्रान्डिङ्ग, भण्डारण र बजारीकरण गर्ने पबित्र उदेश्य लिएर स्थापना भएको हो । बैंकमार्फत २ लाखभन्दा बढी किसान प्रतक्ष्य उत्पादनसँग जोडिएका छन् । बैंकले किसानका धान, गहुँ, मकै, तरकारी तथा फलफूल, केरा, दहिदुध, माछा, मासु, अण्डा, जडीबुटी, चिया, कफी, उखु लगायतको उत्पादन तथा व्यापार गरिरहेको छ ।
प्राङ्गारिक मल उद्योगहरु संचालनमा ल्याउने, बिउ बिजन भण्डार आफैले संचालनमा ल्याउने, कृषि कलेज संचालनमा ल्याउने, दक्ष जनशक्ति उत्पादन खाद्य बैंक आफैले तयार गरि गतिबिधिहरु अगाडी बढाउने, देशलाई खाद्यान्नमा आत्मनिर्भर गरि बढी भहेको खाद्यान्नहरु विदेशमा बिक्रि वितरण गर्ने, कृषिलाई औद्योगिकरणमा लैजाने, कृषिसँग सम्बन्धित उद्योगहरुलाई संचालनमा ल्याउने, कृषिमा चाहिने मेशिनरी औजारहरु आफ्नै देशमा बन्न सक्ने जति निर्माण गर्ने गराउने, देशलाई समृद्धि बनाउने, किसानलाई धनी बनाउदै देशलाई आत्मनिर्भर गराउने, अर्गानिक वा प्राकृतिक खानेकुराहरु उत्पादन गर्ने बैंकको दीर्घकालीन योजना रहेको छ ।
No comments: