मतपेटिका शिल नगरेकाे मुचुल्का भेटेपछि बझाङमा केहीबेर रोकियो मतगणना
काठ्माडौं। मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि बझाङ — १ (१)को मतगणना कार्य केहीबेर प्रभावित भएको छ।तलकोट गाउँपालिकाको— ३ सम्म गणना गरी सक्दा वडा नं ४ को मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि कांग्रेसका एजेन्टहरूले विरोध गर्दा केहीबेर मतगणना कार्य रोकिएको हो।कांग्रेसको गढ मानिएको उक्त ४ वडाको मत मतपेटिका शिल गरेको मुचुल्का नभेटेपछि कांग्रेसले विरोध जनाउँदा करिब १५ मिनेट मतगणना कार्य रोकिएको स्रोतले जनाएको छ।रोक्किएपछि पुन: सुरु भइ यतिबेला तलकोट४ को मतगणना भइरहेको छ। त्यसपछि ६ र ७ सातको हुनेछ। अब मतगणना गर्न बाँकी एउटा मात्र पालिका रहेको छ। हालसम्ममा दमनबहादुर भण्डारीले १२३ मतले अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले पछ्याइरहेका छन्।


शिविरमा आएका बिरामीमा सबैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनालले जानकारी दिए । ‘शिविर आयोजनाको पवित्र उद्देश्य र व्यवस्थापकीय पक्ष निकै राम्रो लाग्यो । बिरामीमा सुगर, प्रेसर र मानसिकजस्ता राष्ट्रिय समस्या देखिए,’ उनले भने,’ अत्यधिक रक्तचाप भएका व्यक्ति पनि विनाऔषधि र उपचार हिँडिरहेको विडम्बना पत्ता लाग्यो ।’ उनले हरेक गाउँमा स्वास्थ्य सचेतनाको कमी रहेको बताए ।
त्यस्तै, बस्नेतको परिवारले केही दिनअघि उपल्लो तम्घास माविका २७ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । विद्यालयमा बहिरा तथा सुस्तमनस्थिति भएका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । 

