विश्वव्यापी फैलिएको कोरोना भाइरसको दोश्रो महामारीबाट खोटाङ जिल्लाका एकजनाको मृत्यु भएको छ ।

१६ वैशाख, दिक्तेल ।

दिक्तेल बजारले एउटा सड्घर्षसित व्याक्ति गुमाएको छ ।

कोभिड-१९ को दोश्रो महामारीबाट सदरमुकाम दिक्तेलका युवा व्यवसायी अनिल जोशीको मृत्यू भएको हो ।जिल्लाको सफल सहकारी ‘लालुपाते सहकारी’ का अध्यक्ष समेत रहेका जोशी व्यवसायको क्रममा पोखरामा रहँदै आएका थिए ।उनी पर्यटन व्यवसायीका सदस्य समेत रहेका थिए ।उनी दिक्तेल समाज काठमाडौका आजिवन सदस्य समेत रहेका थिए ।

पोखरामै रहँदा संक्रमित बनेका जोशीको गए राति निधन भएको हो ।


Bahas Khabar

समाचार सम्पेषण गर्ने उदेश्यले खोलिएको बहस खबर डट ब्लगस्पोर्ट डट कम

Post a Comment

Previous Post Next Post