बहस खबर, भारतको ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३८ जनाको मृत्यु भइसकेको छ ।
तीन रेल एक आपसमा जुधेर उक्त ठूलो जनधनको क्षति भएको हो । बेपटरी कोरोमन्डल एक्सप्रेसले दोस्रो रेललाई ठक्कर दिएको थियो भने फेरि मालगाडीसँग ठोक्किएको थियो ।
सरकारले ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त दुर्घटना स्थलको अवलोकन गर्न जाने भएका छन् ।
जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ । पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए । तर अन्धकारले काममा बाधा पुगेको थियो ।
यस रुटबाट गुज्रिरहेका करिब ९२ अन्य ट्रेनहरू रेल दुर्घटनाबाट प्रभावित भएका छन् । नतिजा स्वरूप ४३ रेल सेवा रद्द गरियो। एकै समयमा ३८ रेलहरूको रूट डाइभर्सन गरिएको थियो । जबकि ९ रेलहरु बन्द गरिएको छ।
No comments: